Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

ब्राजिलका राष्ट्रपति मिसेल टेमरले राजिनामा नदिने ll

 

भ्रष्टाचारसँग सम्बन्धित विवादमा प्रत्यक्षदर्शी तथा सम्बन्धित व्यक्तिलाई चूप लागेर बस्न घुस दिएको आरोप लगाइएका ब्राजिलका राष्ट्रपति मिसेल टेमरले राजिनामा नदिने दृढता व्यक्त गर्नुभएको छ । स्थानीय टेलिभिजनमा दिनुभएको अन्तर्वार्तामा राष्ट्रपति टेमरले राजिनामा नदिने दृढता व्यक्त गर्नुभएको हो । यसअघि त्यहाँको सर्वोच्च अदालतले सो भ्रष्टाचार विवादको अनुसन्धान गर्ने आदेश दिएको थियो । डिल्मा रुसेफलाई गत वर्ष महाअभियोग लगाई हटाइएपछि राष्ट्रपति बन्नुभएका टेमरको कार्यकाल विवादास्पद बन्दै आएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *