Thursday, August 17

ब्राजिलका राष्ट्रपति मिसेल टेमरले सन् २०१० देखि करोडौं डलर घुस लिएको प्रमाण

ब्राजिलका राष्ट्रपति मिसेल टेमरले सन् २०१० देखि करोडौं डलर घुस लिएको प्रमाण फेला परेको त्यहाँको सर्वोच्च अदालतले प्रकाशित गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । राष्ट्रपति टेमरले ठूलो रकम घुस लिएको विवाद चर्किरहेको बेला त्यहाँको एउटा मासु प्रशोधन कम्पनीका मालिकले अदालतसमक्ष राष्ट्रपतिले घुस लिएको प्रमाण पेश गरेपछि नयाँ तथ्य सार्वजनिक भएको हो । यसअघि उहाँले विरोध र विवादका बावजुद आफूले राजिनामा नदिने दृढता व्यक्त गर्नुभएको थियो । ब्राजिलका बिभिन्न व्यापारिक संस्थाले अहिले अदालत समक्ष आफूहरुबाट बेलाबेलामा निर्वाचन र पार्टी गठबन्धनको नाममा करोडौं डलर चन्दा लिएको स्वीकार गरेका छन् । एक वर्षअघि त्यहाँका तत्कालिन राष्ट्रपति रुसेल डिल्मालाई महाअभियोग लगाएर टेमर सत्तामा आउनुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *