Saturday, August 19

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरेको छ ।

भक्तपुर/कलेजो प्रत्यारोपण

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । प्रत्यारोपण केन्द्रले हिजो काठमाडौं लगनटोलका ५७ वर्षीय हिराकाजी महर्जनको कलेजो प्रत्यारोपण शल्यकृया सम्पन्न गरेको जनाएको हो । महर्जनकी २४ बर्षीया छोरी सरिता महर्जनले कलेजो दान गरेपछि केन्द्रले प्रत्यारोपण गरेको र अहिले दुबै जनाको स्वास्थ्य स्थिति सामान्य रहेको केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कलेजो दान गर्ने व्यक्तिको कलेजोको केही भाग मात्रै विरामीका लागि प्रयोग गरिने पनि उहाँले जानकारी दिनुभयो । दिल्लीको म्याक्स अस्पतालबाट आएका १० जना चिकित्सक र केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठसहित २० जना गरि ३० जना चिकित्सकको टोलीले ११ घण्टा लगाएर महर्जनको सफल शल्यक्रिया गरेको हो ।

कलेजो प्रत्यारोपणको उपचारका लागि भारतमा एकदेखि डेढ करोड रुपैँयासम्म खर्च लाग्ने गरेकोमा केन्द्रले औषधि समेत गरी २५ लाख रुपैँयाको खर्चमा कलेजो प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *