Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

भक्तपुर/सात दल बैठक

 

दोश्रो चरणको स्थानीय तहको निर्वाचन अघिनै संबिधान संसोधन पारित गर्न प्रधानमन्त्रीले राखेको प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्वीकार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले दोश्रो चरणको निर्वाचन अघि नै संसोधन प्रस्ताव पारित गर्दे निर्वाचनको वातावरण बनाउन प्रस्ताव गर्नुभएको थियो । नेकपा एमालेका नेताहरुले संसोधन प्रस्तावका बिषयमा आफ्नो पार्टीको विमती रहेको भन्दै संसोधन पारित गर्न सहयोग नगर्ने बताउनुभएको हो । बैठकमा एमाले नेताहरुले स्थानीय तहको संख्या थप गर्ने सरकारको तयारी प्रति पनि आपत्ती जनाएका छन् । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले अहिलेको अबस्थामा संसोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा संविधान संसोधन र स्थानीय तहको संख्या बढाउने बिषयमा छलफल भएको र एमालेले विमती राखेको जानकारी दिनुभयो । नेपाली काग्रेसका नेता एवं गृहमन्त्री विमलेन्द्र निधीले दोश्रो चरणको निर्वाचनका बिषयमा छलफल भएको जानकारी दिनुभयो । छलफलमा कांग्रेस, एमाले, राप्रपा, राजपा लगायत दलका नेताहरुको सहभागीता रहेको थियो ।।

विभिन्न दल नेता/बैठक

प्रदेश नम्वर २ मा स्थानीय तहको संख्या थप गर्ने विषयमा हिजो सरकारले गठन गरेको समिति र विभिन्न राजनीतिक दलका नेताहरुबीच छलफल भयो । तत्कालिन मधेशी मोर्चा आवद्ध दलको माग अनुसार स्थानीय तहको संख्या थप गर्ने विषयमा सरकारले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा समिति गठन गरेको थियो । हिजोको छलफलमा राष्ट्रिय जनतापार्टी र संघीय समाजवादी फोरमका नेताहरुले दोस्रो चरणको निर्वाचनमा अघि संविधान संसोधन गरी स्थानीय तहको संख्या थप गर्नुपर्ने बताउनु भयो । छलफलपछि सरकारले आवश्यक गृह कार्य अगाडि बढाउने बताइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *