Friday, June 23सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

भारत/ग्यास

भारतको नयाँदिल्लीस्थित एक विद्यालयमा रासायनिक ग्यास फैलिएर विरामी भएपछि कम्तिमा २ सय जना विद्यार्थीहरुलाइ अस्पताल भर्ना गरिएको छ ।

विषाक्त ग्यासका कारण विरामीहरुको आँखा तथा घाँटीमा नकारात्मक असर परी अप्ठ्यारो भएपछि उनीहरुलाइ अस्पताल भर्ना गरिएको हो । विद्यालय नजिकै रहेको एक उद्योगका लागि ल्याइएको ग्यास एक्कासी चुहिएपछि ग्यास फैलिएको थियो । ती विरामी विद्यार्थीलाइ विभिन्न अस्पतालमा भर्ना गरिएको छ । विद्यार्थीहरु सबै सामान्य अवस्थामा रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

सो विद्यालयका विद्यार्थी एवं सबै कर्मचारीहरुलाइ सुरक्षित ठाउँमा लगिएको र विद्यालय क्षेत्रलाइ नियन्त्रणमा लिइएको जनाइएको छ । ग्यास चुहावटका विषयमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *