Thursday, August 17

मतगणना अपडेट/बिभिन्न जिल्ला

 

स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १६३ स्थानको परिणाम अनुसार नेकपा एमाले ७० र नेपाली कांग्रेस ६१ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २८, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ७४, नेपाली कांग्रेसले ४५, नेकपा माओवादी केन्द्रले २९, राप्रपा ४ र २ स्थानमा राष्ट्रिय जनमोर्चाले विजयी हासिल गरेका छन् । हालसम्म प्राप्त पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले रामेछापको मन्थली नगरपालिका, सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिका, गोरखाको अजिरकोट गाउँपालिका, गोरखाकाकै सिरानचोक गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । यसैगरी बागलुङको गल्कोट नगरपालिका, दोलखाको बैदेश्वर गाउँपालिका, सुर्खेतको चिङगाड गाउँपालिका, काभ्रेको बेथानचोक गाउँपालिका, जाजरकोटको बारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । रसुवाको उत्तरगया गाउँपालिका, सिन्धुलीको घ्याङलेख गाउँपालिका, लमजुङको मध्यनेपाल नगरपालिका, पर्वतको जलजला गाउँपालिका, दैलेखको दुल्लु नगरपालिका, दोलखाकै विगु गाउँपालिकाका अध्यक्ष, स्याङ्जाको भिरकोट लगायतका नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी भएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवारहरुले काभ्रेको भुम्लु गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछापकै लिखु र सल्यानको ढोरचौर गाउँपालिका, मकवानपुरको गढी गाउँपालिका, दोलखाको जिरी नगरपालिका र  खानीखोला गाउँपालिका, बागलुङको काठेखोला गाउँपालिका, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, रसुवाको कालिका गाउँपालिका अध्यक्षमा विजयी हासिल गरेका छन् । त्यसैगरी दैलेखको नारायण नगरपालिका, डोल्पाको ठूलीभेरी नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका र जुगल गाउँपालिका, धादिङको गंगाजमुना गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । यस्तै सल्लानको कालिमाटी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बागलुङको बडिघाट गाउँपालिका, स्याङ्जाको गल्याङ लगायतका नगरपालिका प्रमुखमा नेकपा एमालेले जितेको छ । रामेछाप दोरम्बा गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, तनहुँको बन्दीपुर गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, कालिकोटको रासकोट लगायतका नगर तथा गाउँपालिकाहरुमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

यस्तै धादिङको रुवी भ्यालीमा राप्रपा र रसुवाको पार्वतिकुण्डमा नयाँशक्ति पार्टी तथा मुस्ताङको दालोमे र डोल्पाको शे फोक्सुण्डोमा मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्  । यसैबीच दैलेखको सबै चारवटा नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जसमध्ये ३ वटा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र एउटा नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *