Monday, June 26सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

मतदाता परिचयपत्र वितरण

फोटोसहितको निर्वाचन मतदाता परिचय-पत्र वितरण कार्य आज पनि जारी छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा पर्सी आईतबार हुने स्थानीय तहको पहिलो चरणको

निवार्चनमा मतदान गर्न मतदातालाई परिचय पत्र बितरण गर्ने काम हिजो शुरु भएको हो ।

मतदाता स्वयंम वा परिवारका सदस्यले सम्बन्धित मतदान केन्द्रमा गई मतदाता परिचय-पत्र संकलन गर्न सक्ने ब्यवस्था आयोगले गरेको छ । परिचयपत्र लिन मतदाता स्वयं उपस्थित हुन नसकेको अबस्थामा परिवारको सदस्यले परिचयपत्र बुझ्दा नाता खुल्ने कागजात आवश्यक पर्ने आयोगले बताएको छ । परिचयपत्र भोलि पनि सम्वन्धित मतदान केन्द्रमा बितरण गरिने आयोगले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *