Saturday, August 19

मेलम्ची खानेपानी आयोजना निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन/सरकारले आवश्यक सबै सहयोग गर्ने ।

प्रम/मेलम्ची खानेपानी

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोजनाको स्थलगत निरीक्षणका क्रममा उहाँले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै सरकारबाट चाहिने सवै सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । साढे २७ किमी सुरुङसहितको मेलम्ची खानेपानी आयोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ ।

अब करिब २ किलोमीटर सुरुङ खन्न बाँकी छ । कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङ खन्ने काममा केही चुनौती आएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । हालसम्म आयोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको प्रमुख देवकोटाले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *