Saturday, August 19

म्याग्दीमा पहिरो जाँदा ९ घर परिवार विस्थापित/कपिलवस्तुमा बाढीले बगाउँदा २ जनाको मृत्यु ।

म्याग्दी/पहिरोले घर विस्थापित

बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण म्याग्दीमा ९ घर परिवार विस्थापित भएका छन् । पहिरोले म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा ३ घर र मङ्गला गाउँपालिका–५ अर्मनको किमचौरमा ६ घर परिवार विस्थापित भएका हुन् । पहिरोका कारण साविक पात्लेखेत गाविसको ३ र ४ नम्बर वडामा पर्ने बान्द्रेखाल्टी र पाखाखेतका ५ घर उच्च जोखिममा परेका छन् भने अन्य १५ घर पनि जोखिममा छन् ।

पहिरोले सयौं हेक्टर खेतीयोग्य जमिन र खेतबारीमा समेत क्षति पुर्‍याएको छ । पहिरोका कारण हिमाली जिल्ला मुस्ताङ्लाई जोड्ने राजमार्ग बेनी–जोमसोम सडकखण्ड पनि ठाउँठाउँमा अवरुद्ध भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो ।।

कपिलवस्तु/पहिरो मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर ४  त्रिपालनगरका ४५ वर्षीय कुस्ते सुनार र रोल्पा घर भएका ५० वर्षीय मित्रे सुनार रहेको प्रहरीले जनाएको छ । मध्यरातको समयमा विसहवा खोला तर्न खोज्दा बाढीले बगाएको प्रहरीले अनुमान गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *