Saturday, August 19

रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ स्थित पहिरेवेशीमा गएराती गएको पहिरोमा ८ घर पुरिए/वेपत्ता ४ जनाको खोजी जारी ।

रसुवा/पहिरो वेपत्ता

रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ स्थित पहिरेवेशीमा गएराती खसेको पहिरोमा परी ४ जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय ८ वटा घर पुरेको हाम्रा समाचारदाताले जनाएका छन् । पहिरोले पुरिएका ती घरका ७५ वर्षीय धर्मबहादुर थापा, उनकी बुहारी ३३ वर्षीया मुना थापा, नाती र घरमा काम गर्ने भक्तबहादुर नगरकोटी हराईरहेको बताइएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले पहिरो पन्छाउने काम गरिरहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *