Saturday, August 19

नेपाल र चिनबिच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा आयात निर्यात पुन प्रभावित भएको छ ।

रसुवा/भन्सार समस्या

नेपाल र चिनबिच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा आयात निर्यात पुन प्रभावित भएको छ । रसुवागढी भन्सार कार्यालयले बस्तुको मुल्यमा गरेको समायोजनका कारण एक महिनादेखि भन्सार चेकजाँच नहुदाँ नाका अस्तव्यस्त हुदै गएको हो । चिनतर्फ भन्सार असुली कम गराएपनि नेपालतर्फ भने भन्सार असुलीको समस्या रहेको व्यापारीहरुको गुनासो छ ।

भन्सारका काम नहुँदा केरुङबाट नेपालतर्फ सामान आयातमा कठिनाई भएको छ । भन्सार जाँच पास नहुँदा टिमुरेदेखि रसुवागढीसम्मको २ किलोमिटर सडक र याडमा कन्टेनरहरु रोकिएर बसेका छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *