Saturday, August 19

संविधान संशोधन विधेयकलाइ प्रक्रियामा लैजान सत्तारुढ दल र राजपा नेपाल सहमत/राजपा चुनावमा सहभागी हुने सत्तारुढ दलका नेताहरुको विश्वास ।

राजपा/सत्तारुढ पार्टी वार्ता

सत्तारुढ दलहरु र राष्ट्रिय जनता पार्टी नेपाल संविधान संसोधन विधेयकलाइ संसदीय प्रक्रियामा अघि बढाउन सहमत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई पक्षबीच सो सहमति भएको हो । मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाइ सहिद घोषणा, घाइतेको उपचार, मुद्दा फिर्ता लगायतका माग पुरा गर्न सत्तारुढ दल सहमत भएका छन । राजपाले चाहेको चुनाव चिन्ह उपलब्ध गराउन आवश्यक सहयोग गर्न पनि सत्तारुढ दलहरु तयार भएका छन । संविधान संसोधन प्रक्रिया अघि बढाउने क्रमसंगै राजपा नेपाल आगामी चुनावमा सहभागी हुने सत्तारुढ दलका नेताहरुको विश्वास छ । Pause

सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्न सरकारलाइ बाटो खोलिदिएपछि सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालबीच हिजो वार्ता भएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *