रुपन्देहीमा अवैध रुपमा गिट्टी बालुवाको उत्खनन्

1286
रुपन्देही दोलखा उत्खनन्

देशका बिभिन्न खोलानालाबाट अवैध रुपमा बालुवा गिट्टीको ‌ओसारपसार भइरहेपनि स्थानीय सरकार र प्रशासन भने त्यसलाई रोक्नेतर्फ चनाखो हुन सकेको छैन । रुपन्देहीको तिनाउ, दानव, रोहिणी, कन्चन लगाएतका ठुला नदिका साथै जीतगढी, भुमही, सुख्खाखोला, ड्राई नाला लगाएतका खोलाखोल्सीमा पनि स्काभेटर लगायतका मेशिनहरु प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन् र ओसार पसार भइरहेको छ । गैरकानुनी रुपमा समेत हुने ‌ओसारपसार रोक्ने प्रयास सरकारी निकायबाट नभएको स्थानीयले बताएकाछन् ।

 स्थानीय प्रशासन मौन/दोलखामा गिट्टी बालुवाको अवैध ओसारपसारमा प्रहरीको निगरानी

चुरेक्षेत्र, नदिक्षेत्र, पुल तथा बाँधको आसपास ढुंगा गिट्टी बालुवा निकाल्न नपाईने कानुन व्यवस्था छ । तर रुपन्देहीमा पक्कि पुलकै मुनी र चुरे क्षेत्रबाट समेत बालुवा र गिट्टीको उत्खनन् र ओसारपसार भइरहेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यलय दोलखाले भने अवैध रुपमा गिट्टी बालुवा ढुवानी गरेको भन्दै ११ वटा ट्रिपर नियन्त्रणमा लिएको छ । दोलखाको कालिञ्चोक गाउपालिका वडा नम्बर ८ सुनखानी स्थित नागदहबाट गिट्टी बालुवा लिएर सदरमुकाम चरिकोट आउदै गरेका ११ वटा  ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिट्टी, बालुवा र रोडा किटान भएका क्षेत्र र मापदण्ड भित्र रहेर दोलखा सिंगटी सडक निर्माण योजनाले मात्र प्रयोग गर्न पाउने गरी निकासा गर्ने भनिएपनि निर्णय विपरित विक्री वितरण समेत गरिएको पाइएकाले ट्रिपरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।।