Thursday, August 17

ललितपुरको रातो मछिन्द्रनाथको जात्रा

सबैभन्दा लामो जात्राको रुपमा रहेको ललितपुरको रातो मछिन्द्रनाथको जात्रा मनाउने क्रममा आज याकः मिसा भुज्याः अर्थात एक महिलाको जात्रा मनाईयो । जात्रा मनाउने क्रममा आज बिहान झिसमिसे उज्यालोमा लगनखेलको थतिटोलबाट करिब २ सय मिटर तल इतिटोलसम्म महिलाहरुले रथ तानेर जात्रा मनाएका थिए । यो जात्राले परापूर्वकालदेखि महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिएको पाइन्छ । खासगरी एकल महिलाहरुलाई आजको दिन रमाइलो गराउन र उनिहरुको दुःख बिर्साउने उद्देश्यले यो जात्रा सुरु गरिएको हो । आजभोलि विवाहित अविवाहित जोसुकै महिला पनि रथ तान्न सहभागी भई रमाइलो गर्ने गरेका छन् । रथ तान्नका लागि आज बिहानै झिसमिसे उज्यालोदेखि काठमाडौ, ललितपुर र भक्तपुरका बिभिन्न स्थानबाट महिलाहरु जम्मा भएका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *