Saturday, August 19

ललितपुरको कुसन्तीमा हिजो प्रहरी कारवाहीमा एकजनाको मृत्यु भएको छ ।

ललितपुर/गोलीकाण्ड

ललितपुरको कुसन्तीमा हिजो प्रहरी कारवाहीमा एकजनाको मृत्यु भएको छ । प्रहरी कारवाहीमा ललितपुर महानगरपालिका वडा नम्बर १३ का प्रवीण खत्रीको मृत्यु भएको हो । लागु औषधको सेवन तथा विक्रीमा संलग्न भएको सूचनापछि नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोली अनुसन्धानका लागि त्यहाँ पुग्दा खत्रीले गोली चलाएपछि गरिएको जवाफी कारवाहीमा उनको मृत्यु भएको महाशाखा प्रमुख दिनेश अमात्यले जानकारी दिनुभयो ।

अमात्यले मृतक खत्री लागु औषध सेवन तथा विक्री मुद्दामा यसअघि नै जेल परिसकेको व्यक्ति भएको पनि जानकारी दिनुभएको छ । तर मृतकका आफन्तहरुले भने घटना सुनियोजित भएको भन्दै निष्पक्ष छानवीन हुनुपर्ने माग गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *