Saturday, August 19

सार्वजनिक यातायातलाइ व्यवस्थित गर्न सरोकारवाला निकायहरुलाइ विकास समितिको निर्देशन/सडकहरु यात्रुमैत्री नभएको विज्ञहरुको भनाइ ।

विकास समिति/वैठक

व्यवस्थापिका–संसद्को विकास समितिले सार्वजनिक यातायातको स्पष्ट खाका तयार गर्न सरोकारवाला निकायहरुलाइ निर्देशन दिएको छ । यातायात क्षेत्रमा देखिएका विकृति र समाधानका उपायबारे आज भएको छलफलपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकालाई सार्वजनिक यातायातको खाका तयार गर्न समितिले निर्देशन दिएको हो ।

बैठकमा सहभागीहरुले काठमाडौं उपत्यकामा ४० प्रतिशत यात्रा पैदल हुने गरे पनि फुटपाथको व्यवस्था राम्रो नभएको बताउनुभयो । उपत्यकामा हुने अधिकांश दुर्घटनामा पैदलयात्रुहरुको मृत्यु हुने गरेकाले यात्रुहरुको सुरक्षाका लागि सुरक्षित रुपमा बाटो काट्ने व्यवस्था गर्नुपर्नेमा पनि बैठकमा बोल्ने वक्ताहरुले जोड दिनुभयो ।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले उपत्यकाका धेरै स्थानमा स्याटेलाइट सिटीहरु विकास गरी सुविधा विस्तार गरेमा यातायातको चाप कम हुने धारणा व्यक्त गर्नुभयो । Pauseभौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले राजधानीका मुख्य सडकहरुमा देखिएको सवारी चाप कम गर्न वागमती, विष्णुमति तथा धोविखोला करिडोरको निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *