Thursday, August 17

विजयी उम्मेदवारहरु/अपडेट

बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्म प्राप्त २५२ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले १०३ र नेपाली कांग्रेसले ९७ स्थानमा विजय प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रले ४५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन् । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । पछिल्लो मत परिणाम अनुसार धादिङको निलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भिमप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । अब ४ वटा महानगरपालिका सहित ३३ वटा स्थानीय तहको परिणाम आउन बाँकी छ । महानगरहरु बाहेक परिणाम आउन बाँकी जिल्लाका प्रमुख निर्वाचन अधिकृतहरुका अनुसार आजसम्ममा सबै गणना सम्पन्न हुनेछन् । महानगरपालिकाको मतगणना भने अझै केही दिन लम्बिने भएको छ ।

यसैबिच भक्तपुर नगरपालिकाको मेयरमा २५ हजार ५ सय ३८ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति विजयी हुनु भएको । उपमेयरमा पनि नेमकिमा कै रजनी जोशीले २५ हजार ७ सय ११ मत ल्याएर विजयी हुनु भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *