विभिन्न ११ कम्पनीको साढे ७ अर्ब भन्दा बढी मूल्य बराबरको हकप्रद शेयर निष्काशन

1599
नेपाल स्टक एक्सचेञ्ज

विभिन्न ११ कम्पनीको साढे ७ अर्ब भन्दा बढी मूल्य बराबरको हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । शेयर निष्कासनको तयारीमा रहेका कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार सबैभन्दा बढी उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएको छ ।

यसैगरी एनसिसि बैंक, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, स्वदेशी लघुवित्तीय संस्था लिमिटेड, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लगायतले शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

यसैबीच सोमबार केही बढेको शेयर बजार हिजो सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुग्यो ।।