Saturday, August 19

संसदद्बारा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विध्येयक पारित/ सडकको दुरावस्था र भूकम्पपीडितका समस्यातर्फ सरकारको ध्यानाकर्षण ।

व्यवस्थापिका/संसद वैठक

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विध्येयक २०७४ पारित भएको छ । हिजो बसेको व्यवस्थापिका संसदको वैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले प्रस्तुत गर्नु भएको विध्येयक बुधवार गणपुरक संख्या नपुगेकाले हिजोको वैठकले पारित गरेको हो ।

त्यसैगरी वैठकले जातिय भेदभाव छुवाछुत कसुर र सजाय पहिलो संसोधन विध्येयक २०७४ र लेखापरिक्षण विध्येयक २०७३ लाइ छलफलको लागि सम्वन्धित समितिमा पठाएको छ । सम्वन्धित मन्त्रीहरुले संसदमा प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मतले स्विकृत गरी सम्वन्धित समितिमा पठाएको हो । वस्तुको प्रत्यक्ष विक्री सम्वन्धमा नियमन गर्न वनेको विध्येयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्वन्धि विध्येयक पनि वैठकमा छलफलका लागि पेश भएको छ । नेटवर्किङ् सम्वन्धि व्यवसायलाइ व्यवस्थित गर्न प्रत्यक्ष विक्री सम्वन्धि विध्येयक र राष्ट्रपति र उपराष्ट्रपतिको तलव तथा सेवा सुविधा तोक्न गर्न ती कानुन ल्याइएको संसदलाइ जानकारी गराइएको थियो । वैठकमा सांसदहरुले डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गर्नुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *