Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोबैठकले सो निर्णय गरेको हो । यसैगरी निर्वाचनको क्रममा मारिएका दुई जना व्यक्तिलाई शहीद घोषणा गरी उहाँहरुका परिवारलाइ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका नवराज पाठक र दोलखा जुगुका कुलबहादुर तामाङलाई शहीद घोषणा गरीपरिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको हो । साथै मृतकका बालबालिकालाई पठन पाठनको व्यवस्था समेत गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी तराई थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गरी सो आन्दोलनमा सहभागीलाई लागेका झुटा मुद्दा फिर्ता लिन अर्को मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने निर्णय आजको बैठकले गरेको छ ।नेपाल प्रहरी र नेपाली सेनाका अस्पतालबाट सर्वसाधारणले पनि स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाइएको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । यसैगरी २७ प्रतिशत सर्वसाधारणको बसोवास भएको चुरे तराई मधेस क्षेत्रको संरक्षण गर्ने निर्णय पनि गरिएको छ ।बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानीप्रसाद बराललाई नियुक्त गर्ने निर्णय गरेको छ  ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *