Wednesday, May 24सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

व्यवस्थापिका संसदको बैठक जेठ ४ सम्मका लागि स्थगित

व्यवस्थापिका संसदको आज बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजे बस्नेगरी स्थगित गरिएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगको प्रस्ताव संसदमा विधिवत दर्ता भइसकेको सन्दर्भमा आपसी सम्वाद, वार्ता र छलफलबाट समस्याको समाधान होस् भन्ने उद्देश्यले बैठक जेठ ४ गतेसम्मका लागि सारिएको सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।

गत शुक्रबारको बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव टेबुल गर्ने कार्यक्रम रहेकोमा विपक्षी दलहरुले त्यसको विरोध गरी अवरोध गरेपछि बैठक स्थगित गरी आज एकबजेका लागि सारिएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *