Saturday, August 19

संविधान संशोधन प्रस्तावलाई समर्थन नगर्न राप्रपालाई एमालेको आग्रह/प्रमुख ३ दलबीचको बैठकमा ठोस सहमति बन्न सकेन ।

भक्तपुर/एमाले-राप्रपा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन प्रस्तावलाई समर्थन नगर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा एमालेले राप्रपासमक्ष दलीय सहमति बेगर आउने संसोधन प्रस्तावलाई समर्थन नगर्न आग्रह गरेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको परिवर्तनमा एमालेको भूमिकाको चर्चा गर्दे एमालेलाई बाहिर राखेर गरिने कुनै पनि प्रस्ताव मान्य नहुने बताउनुभएको थियो ।

छलफलमा राप्रपा अध्यक्ष कमल थापाले आफूहरु नैतिक बन्धनमा रहेको बताउनुभएको थियो ।

बैठकपछि राप्रपा अध्यक्ष थापाले २ दलबीच पछिल्लो राजनीतिक अबस्थाका विषयमा छलफल भएको भन्दै एमालेलाई पनि साथ लिएर जानुपर्छ भन्ने पक्षमा आफुहरु रहेको बताउनुभयो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राजनीतिक निकास खोज्ने विषयमै २ दलबीचको बैठक केन्द्रित भएको बताउनुभयो ।।

तीनदल/बैठक

यसअघि संविधान संसोधनमा सहमति खोज्न प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनपछि मात्र संविधान संसोधनका विषयमा छलफल गर्न सकिने धारणा राखेपछि कुनै निष्कर्षमा पुग्न नसकिएको सहभागी नेताहरुले बताउनु भयो ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेको पूरानै अडानका कारण सहमतिमा पुग्न नसकिएको बताउनु भयो ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सबै तहको निर्वाचनपछि मात्र संविधान संशोधन गर्ने सहमति यसअघि नै भइसकेको उल्लेख गर्दै अहिले संशोधन गर्ने सत्तापक्षको प्रस्तावमा एमाले सहमत हुन नसक्ने बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *