सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यमको समग्र सुधार गरी प्रभावकारी बनाउन अध्ययन एवं छानबिनका लागि समिति गठन

98
सरकारी सञ्चार माध्यम

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी प्रभावकारी बनाउन अध्ययन एवं छानबिनका लागि समिति गठन गरेको छ । नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न दुईवटा समिति गठन गरिएको हो ।

गोरखापत्र संस्थानको अध्ययन एवं छानबिन गर्न गठित समितिको संयोजकमा विष्णु रिजाल र सदस्यमा सुवास देवकोटा, वासुदेव अधिकारी, टीकाराम राई, डोलप्रसाद दाहाल तथा सचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहनुभएको छ ।

यसैगरी, रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार गर्न गठित समितिको संयोजकमा रघु मैनाली, सदस्यमा तपनाथ शुक्ल, यादव चापागाईं र धरणीधर अधिकारी सदस्य रहनुभएको छ ।।