Saturday, August 19

सडक र नदी अतिक्रमण गरि बनाईएका भौतिक संरचना हटाइन पुनः सुरु/ अतिक्रमण नियन्त्रण गर्ने क्रमलाइ कडाइका साथ अघि बढाइने तयारी ।

भक्तपुर/नदी अतिक्रमण

सडक छेउमा रहेका र बाग्मती नदी अतिक्रमण गरि बनाईएका भौतिक संरचना हटाइन पुनः सुरु गरिएको छ । यसैक्रममा हिजो काठमाडौको वडा नंवर ११ स्थित गुसिंगाल क्षेत्रमा सडक छेउमा र बाग्मती नदी अतिक्रमण गरि बनाईएका केहि घरहरु भत्काइएका हुन् । पटक-पटक सुचना दिँदा पनि अटेर गरेकाले ती घरहरु भत्काईएको वडा कार्यालयले जनाएको छ ।

मुआव्जा लिएर पनि सो स्थानमा काठका अस्थाई घर निर्माण गरेको पाइएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत बिकास समितिले जनाएको छ । नदी किनारमा भौतिक संरचना निर्माण हुँदा त्यसको असर सिधै नदीमा पर्ने गरेकोले अतिक्रमण नियन्त्रण गर्ने क्रमलाइ कडाइका साथ अघि बढाइने बताइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *