Monday, June 26सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

समग्र नतिजा/विजयी जुलुश

बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २२९ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ९४ र नेपाली कांग्रेसले ८५ स्थानमा विजय प्राप्त गरेका छन । त्यसैगरी माओवादी केन्द्रले ४४ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । 

काठमाडौको टोखा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका प्रकाश अधिकारी ८८९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उपप्रमुख पदमा नेकपा एमालेकै ज्ञानमाया डङ्गोल ८१०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका भीम न्यौपानै र उपप्रमुख पदमा एमालेकै गीता बन्जारा विजयी हुनुभएको छ । यसैगरी बागलुङको जैमिनी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका इन्द्रराज पौडेल र उपप्रमुखमा नेकपा एमालेकी लीला राना विजयी हुनुभएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सन्तबहादुर तामाङ र उपाध्यक्षमा नेपाली कांग्रेसकै मन्जु बुढाथोकी विजयी हुनुभएको छ । यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका रामकृष्ण थापा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसकै मन्जु केसी विजयी हुनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *