सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमाथि संसदका दुवै सदनमा छलफल सुरु

81
संसद/बजेट

आर्थिक बर्ष २०७५/७६ को बजेट माथि छलफल सुरु भएको छ । छलफल शुरु गरियोस भन्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आय-व्ययको विवरण प्रस्तुत गरेपछि छलफल सुरु भएको हो ।

संसदमा सरकार पक्ष दलका सांसदहरुले बजेट लोक कल्याणकारी र समाजवाद उन्मुख रहेको भन्दै कार्यान्वयनमा डटेर लाग्न सरकारलाइ आग्रह गर्नु भएको छ । वैठकमा उहाँहरुले वजेटको विशेषता र उद्देश्य राम्रो भएकाले त्यसलाइ जस्ताको तस्तै परिणाम आउन सक्ने गरी कार्यान्यन गर्नु पर्नेमा जोड दिनु भयो ।

सरकारमै सहभागी दलका केही सांसदले केन्द्रले दिने र प्रदेशले लिने जस्तो देखिएको अहिलेको वजेटलाइ विस्तारै परिमार्जन गरी केन्द्र र प्रदेशको अधिकार र प्राथमिकतालाइ छुटाउदै जानु पर्नेमा जोड दिनु भएको थियो ।

संसदमा प्रतिपक्षी दलका सांसदहरुले वजेटलाइ क्षेत्रगत प्राथमिकता विहिन एक फेहरिस्त मात्र भएको भन्दै वैदेशिक तथा स्वदेशी नीजि लगानीलाइ प्रोत्साहन गर्ने खालको नभएको भन्दै आलोचना गर्नु भयो ।

आफ्नो धारणा राख्दै सांसद डाक्टर मिनेन्द्र रिजालले अहिलेको वजेटले रोजगार ऋजना गर्न नसक्ने र क्रोनी क्यापटलिजमको अभ्यासमा सरकार लाग्न थालेको भनी प्रतिकृया दिनु भयो ।

वैठकमा धारणा राख्ने सांसदहरुले सांसद विकास कोषको रकम घटाएको र त्यसलाइ विवादमा ल्याएर छाडेको भनी असन्तुष्टी व्यक्त गर्दै सो व्यवस्था हटाउन माग गर्नु भयो । त्यसको सट्टा पूँजीगत खर्च पुरै खर्च गर्न सक्ने प्रणालीको विकास गर्न आग्रह गर्नु भयो ।

सिपका आधारमा कामको अवसर, काम गर्न नसक्ने वर्गलाइ र सिमान्तकृतलाइ समाजिक संरक्षण दिने खालको वजेट आएको अर्थमन्त्रीले संसदलाइ जानकारी गाराउनु भएको थियो ।।

आव २०७५/७६ को वार्षिक बजेटका सम्बन्धमा राष्ट्रियसभामा पनि छलफल सुरु भएको छ । छलफलका क्रममा सत्ता पक्षका सांसदले बजेट उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ भने प्रतिपक्षी सांसदहरूले बजेट कार्यान्वयनमुखी नभएको बताउनु भएको छ ।  
बजेटमाथि भएको दलगत छलफलमा भाग लिदै सत्तापक्षका सांसदहरुले समाजवादी अर्थतन्त्रतर्फ केन्द्रीत रहेको बजेटले दिगो विकासका लक्ष्य पुरा गर्ने, विकासोन्मुख देशबाट विकसित देशमा उक्लने राष्ट्रिय लक्ष्य पूरा गर्न सहयोग गर्ने, स्वदेशभित्र रोजगारी सिर्जना गर्ने बताउनुभयो । 
नेपाली काँग्रेसका सांसदहरुले बजेटले प्राथमिता नतोकेकोले दिगो विकास लक्ष्य हासिल गर्न बजेट सहयोगी हुन नसक्ने बताउनुभयो । 
बजेट वक्तव्यमा उल्लेख भएअनुसार पाँचलाख रोजगार सिर्जना हुन नसक्ने, मनोरेल तथा सुरुङ मार्ग निर्माण हुन नसक्ने पनि कांग्रेसका सांसदहरुले बताउनु भयो ।। 

सांसदहरुद्वार बजेटमाथि आ-आफ्नो धारणा प्रस्तुत

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट विकासमुखी र नीतिगत विषयको निरन्तरता भएको अर्थविद्हरुले टिप्पणी गरेका छन् ।

काठमाडौमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री एवं अर्थविद्हरुले बजेटका बारेमा धारणा राख्ने क्रममा सो कुरा बताउँदै बजेट कार्यान्वयनलाइ जोड दिएका छन ।

कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर कोइराला लगायतका केही अर्थविद्हरुले सरकारले प्रस्तुत गरेको बजेट अनुशासित र नियमित प्रक्रियाको निरन्तरता भएको बताउनु भयो । दुई तिहाई बहुमत भएको बलियो सरकारले ल्याउने बजेट प्रचारमुखी, वितरणमुखी हुने अपेक्षा गरिएको भएपनि बजेट कार्यान्वयन गर्न सकिने गरी ल्याइएको धारणा व्यक्त गर्नुभयो ।Pause

पर्यटन र पूर्वाधार विकासमा विशेष जोड दिएर ल्याइएको बजेट कार्यान्वयन भएमा त्यसले सकारात्मक परिणाम दिने पनि अर्थविदहरुले बताएका छन । कार्यक्रममा अन्य अर्थविद्हरुले सम्वृद्धिको नारा लगाएर नथाक्ने सरकारले त्यस अनुरुपको बजेट ल्याउन नसकेको धारणा व्यक्त गरे । बजेटले घोषणापत्रमा आएका वृद्धभत्ता लगायत सामाजिक सुरक्षालाई बेवास्ता गरेको, नयाँपन नभएको, राजस्व संकलनमा चुनौती रहेको अर्थविदहरुको भनाइ छ ।।Pause