सरकारले बालाजु ‍औधोगिक क्षेत्र भित्रका तीनवटा डेरीको गोदाममा सिलबन्दी

447
बालाजु ‍औधोगिक क्षेत्र

सरकारले बालाजु ‍औधोगिक क्षेत्र भित्रका तीनवटा डेरीको गोदाममा सिलबन्दी गरेको छ । जनताप्रति उत्तरदायी नभएको भन्दै आधुनिक डेरी प्रडक्ट प्रा.लि.का तीन वटा गोदाममा सिलबन्दी गरिएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल र राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बालाजु औधोगिक क्षेत्रभित्र रहेका आधुनिक डेरी, सामूहिक कृषक डेरी र दूग्ध विकास संस्थानको डिडिसीको अनुगमन गरेको हो ।

अनुगमनपछि कृषि मन्त्री खनालले बजारबाट ३० वटा ब्राण्डका दुधको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताउँदै त्यसको रिपोर्टका आधारमा जनताको स्वास्थ्य माथि खेलवाड गर्ने कुनैपनि उत्पादकलाई नछोडिने बताउनु भयो । ६ महिनासम्म निरन्तर अनुगमनलाई निरन्तरता दिनेपनि मन्त्री खनालले त्यसबखत जानकारी गराउनु भयो ।Pause

यसैगरी सुलभ दुध, दही, घिउ लगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्ने सामुहिक कृषक डेरीले पनि दुग्धजन्य उत्पादनहरुको तापक्रम कायम नगरेको, पास्चराइज्ड गर्दा मेसिनको सट्टा आगो बालेर तताउने गरेको र सरसफाईमा ध्यान नदिएको पाइयो । सरकारी स्वामित्वको डिडिसीमा भने सरसफाई र अन्य आवश्यक मापदण्ड पुरा गरेको पाइए पनि ५० वर्ष पुरानो संस्थानका जीर्ण उपकरणहरु आधुनिक र समय अनुकुल परिवर्तन गर्नुपर्ने आवश्यकता अनुगमन टोलिले औल्यायो ।।