सरुवा भएको ठाउँमा कर्मचारीलाई जान बाध्य पार्ने सरकारको तयारी

336
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षदेखि स्थानीय तहमै कर्मचारीको तलव पठाउने व्यवस्था

सरुवा भएको ठाउँमा कर्मचारी नजाने गरेकाले सम्बन्धित सम्बन्धित ठाउँमै तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले स्थानीय तहमै तलव पठाउन लागेको हो ।

अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले केन्द्रबाटै तलब लिने गरेका छन् । आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा दरबन्दीअनुसार करीब ५७ हजार कर्मचारीको तलब सम्बन्धित स्थानीय तहमा पठाइने छ ।।