Saturday, August 19

सर्वोच्चद्वारा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मालाई थुनामुक्त गर्न आदेश/विशेष अदालतमा दायर मुद्दा यथावत ।

सर्वोच्च/चुडामणि

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा थुनामुक्त हुनुभएको छ । सर्वोच्च अदालतको पूर्ण इजलाशले हिजो शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश दिएपछि शर्मा थुनामुक्त हुनुभएको हो । सर्वोच्च अदालतले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएपछि उहाँलाइ टेकुस्थित प्रहरी परिसरको थुनुवाकक्षमा राखिएको थियो ।

तर अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा यथावत रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *