Saturday, August 19

स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा सदर/प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढाउन सरकारलाई बाटो खुल्यो ।

सर्वोच्च/निर्णय

सर्वोच्च अदालतले स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर गरेको छ–। सर्वोच्चको निर्णयसँगै प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढाउन बाटो खुलेको छ । । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले आज स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो । निर्णयसँगै यसअघि जारी भएको अन्तरिम आदेश समेत स्वत: निस्कृय भएको छ ।

सर्वोच्चको निर्णयसँगै तराई–मधेस क्षेत्रका जिल्लाहरुमा स्थानीय तहको संख्या थप्ने निर्णयले बैधानिकता पाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *