Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

सुनसरी/विद्युत अनियमितता

देश लोडसेडिङमुक्त अभियानमा अघि बढिरहेका बेला सुनसरी-मोरंग औधोगिक करिडोरमा विगत केही दिनदेखि विद्युत अनियमितताले समस्या उत्पन्न गराएको व्यवसायिहरुले गुनासो गरेका छन् ।

 

नियमित तालिकाभन्दा बढी विधुत अबरुद्ध हुन थालेपछि यस करिडोरका साना तथा ठुला करिव १३ सय उधोगहरु प्रभावित हुन थालेका छन् । अहिले लहान करिडोरसहित पूर्वमा दैनिक २ सय ५० मेघावाट विद्युत् खपत भइरहेको छ । त्यसमध्ये १ सय २५ मेघावाट भारतबाट आयात भएको छ भने बाँकी स्वदेशी उत्पादनले नै विद्युत्को माग धान्दै आइरहेको छ । सबस्टेश मर्मत योजना अघि बढेको र चाँडै काम सकिएपछि विद्युत आपूर्ती नियमित हुने विद्युत प्राधिकरणले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *