सोमालियाबाट यमन पार गर्न लागेका आप्रवासी चढेको डुंगा दुर्घटना

684
यमन/डुङ्गा दुर्घटना

सोमालियाबाट यमन पार गर्न लागेका कम्तीमा ४६ जना आप्रवासीको डुंगा पल्टिदा पानीमा डुबेर मृत्यु भएको संयुक्त राष्ट्र संघीय अधिकारीले जनाएका छन् । मृत्यु हुने मध्ये ३७ जना पुरुष र ९ जना महिला रहेका छन् । दुर्घटनामा अन्य १६ जना हराइरहेको अन्तरराष्ट्रिय आप्रवासी संगठन आइ.ओ.एम.ले जनाएको छ ।

४६ जनाको मृत्यु /१६ वेपत्ता

बोसासोबाट यमन र अन्य खाडी मुलुकमा कामको खोजीमा हिडेका कम्तीमा एक सय जना आप्रवासी डुंगामा रहेको दुर्घटनामा जीवितै उद्दार गरिएका आप्रवासीले बताएका छन् । डुंगामा सबार सबै आप्रवासी अफ्रिकी मुलुक इथियोपियाका नागरिक भएको जनाइएको छ । हरेक महिना ७ हजार भन्दा बढी गरिब आप्रवासीहरु कामको खोजीमा डुंगामा जोखिमपूर्ण यात्रा गरेर अन्य मुलुकमा जाने गरेको आइ.ओ.एम.ले जनाएको छ ।।