Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकामा मतगणना जारी छ ।

काठमाडौ/मतगणना अपडेट

काठमाडौ महानगरपालिकाको जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६२३८ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ४३९८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी विवेकशील दलको प्रतिनिधित्व गर्ने रन्जु दर्शनाले २६६५ मत र साझा पार्टीको प्रतिनिधित्व गर्ने स्वतन्त्र उम्मेदवार किशोर थापाले १९०० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ६३० मत प्राप्त गर्नुभएको छ ।

ललितपुर/मतगणना अपडेट

त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले ७८१८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७७३६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी साझा पार्टीका रमेश महर्जनले ४२८१ मत प्राप्त गर्नुभएको छ ।

चितवन-भरतपुर/मतगणना अपडेट

चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना जारी छ । प्राप्त पछिल्लो जानकारी अनुसार प्रमुख पदमा नेकपा एमालेका देवी ज्ञवालीले ७३७४ मत र नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ५४३४ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकाकै उपप्रमुख पदमा नेकपा एमालेका दिब्य शर्माले ६२६४ मत र नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ६६८५ मत प्राप्त गर्नुभएको छ ।

पोखरा लेखनाथ/मतगणना अपडेट

यसैगरी पोखरा-लेखनाथ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका रामजी कुँवरले ७९०० मत र नेकपा एमालेका मानबहादुर जीसीले ७५४० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखतर्फ नेकपा एमालेकी मञ्जु गुरुङले ७३०९ र नेपाली कांग्रेसकी सरस्वती गुरुङले ६७७५ मत मत प्राप्त गर्नुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *