Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकाको मतगणना अपडेट ll

काठमाडौ/मतगणना अपडेट

 काठमाडौ महानगरपालिकाको जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले १३ हजार ५५७ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ९ हजार ४८८ मत प्राप्त गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले १५५९ मत प्राप्त गर्नुभएको छ भने विवेकशील नेपाली दलका रन्जु दर्शनाले ५ हजार ५४७ मत र साझा पार्टीको प्रतिनिधित्व गर्ने स्वतन्त्र उम्मेदवार किशोर थापाले ४ हजार २ सय ३० मत प्राप्त गर्नुभएको छ ।।

ललितपुर/मतगणना अपडेट

त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले १३ हजार ८४३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार ६६३ मत प्राप्त गर्नुभएको छ । ललितपुर महानगरपालिकाको १५ नम्वर वडाको मतगणना गर्दै जाँदा ३१ वटा मत बढी भेटिएपछि त्यहाँको मतगणना हाललाई स्थगित गरिएको छ ।।

कास्की लेखनाथ/मतगणना अपडेट

यसैगरी पोखरा-लेखनाथ महानगरपालिकाको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेकपा एमालेका मानबहादुर जीसीले १९ हजार १४२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका रामजी कुँवरले १७ हजार ४९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखतर्फ नेकपा एमालेकी मञ्जु गुरुङले १८ हजार ११५ र नेपाली कांग्रेसकी सरस्वती गुरुङले १६ हजार ५३८ मत मत प्राप्त गर्नुभएको छ ।।

चितवन-भरतपुर/मतगणना अपडेट

चितवनको भरतपुर महानगरपालिकाबाट प्राप्त पछिल्लो जानकारी अनुसार प्रमुख पदमा नेकपा एमालेका देवी ज्ञवालीले १५ हजार १५५ मत र नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १४ हजार ८०९ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकाकै उपप्रमुख पदमा नेकपा एमालेका दिब्य शर्माले १३ हजार १३४ मत र नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले १७ हजार ५१ मत प्राप्त गर्नुभएको छ । यसैबीच भरतपुर महानगरपालिका वडा नम्वर ९ को मतगणनाको सम्बन्धमा विवाद उत्पन्न भएपछि हिजो बेलुकी ७ बजेदेखि मतगणना कार्य स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *