Saturday, August 19

देशका विभिन्न स्थानमा स्वाइन फ्लुको संक्रमण / काठमाडौमा पनि स्वाइनफ्लुबाट संक्रमित ३ जना बिरामी फेला परे ।

स्वाइन फ्लु/समाचार

देशका विभिन्न भागमा पछिल्ला केही हप्तायता स्वाइनफ्लुबाट संक्रमितहरुको संख्या बढेको छ । स्वाइन फ्लुकै कारण केहीको मृत्यु समेत भइसकेको छ । यसैबीच काठमाडौ उपत्यकामा पनि स्वाइनफ्लुबाट संक्रमित बिरामी भेटिन थालेका छन् । काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार स्वाइन फ्लुबाट संक्रमित ३ जनाको उपचार भइरहेको छ । अस्पतालका डाक्टर वर्षा प्रकाशले स्वाइन फ्लुबाट आत्तिइ हाल्नुपर्ने अवस्था नरहे पनि सावधानी अपनाउन भने सुझाव दिनुभएको छ ।

उहाँले कडा ज्वरो आउनु, टाउको र हातखुट्टा दुख्ने, खोकी लाग्ने लक्षणहरु स्वाइन फ्लु संक्रमितमा हुने गरेको बताउनुभयो । लक्षण देखा परेको ४८ घण्टाभित्रै औषधी उपचार प्राप्त गर्नसके संक्रमणबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *