Saturday, August 19

स्वाइन फ्लुबाट हालसम्म १० जनाको मृत्यु/फ्लुले महामारीको रुप नलिएको र रोकथाम गर्न सरकार प्रतिबद्ध रहेको स्वास्थ्यमन्त्रीद्वारा जानकारी ।

व्यवस्थापिका संसद

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी स्वाइनफ्लुका कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को हिजोको बैठकमा उहाँले एकजना चिकित्सकलाई समेत रोग लागेर निको भएको बताउँदै फ्लुले महामारीको रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताउनुभयो । मन्त्री पोखरेलले सबै स्वास्थ्य संस्थालाई रुघाखोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताउदै रोग नियन्त्रणका लागि सबै सरोकारवाला पक्षसंग सहयोगको आग्रह गर्नुभयो ।

यसैगरी बैठकले छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित गरेको छ । बैठकले ‘मुलुकी फौजदारी कार्यविधि संहिता विधेयक, २०७४’ पनि पारित गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *