ह्वाट्स एपमा बालबालिका अपहरणको हल्ला फैलाएर अपहरणकारी भन्दै हत्या गरिएपछि प्रहरीले १६ जनालाई पक्राउ

450
सामाजिक संजाल ह्वाट्स एपमा बालबालिका अपहरणको हल्ला फैलाएर अपहरणकारी भन्दै पछिल्लो पटक दुई जनाको हत्या गरिएपछि प्रहरीले १६ जनालाई पक्राउ

सामाजिक संजाल ह्वाट्स एपमा बालबालिका अपहरणको हल्ला फैलाएर अपहरणकारी भन्दै पछिल्लो पटक दुई जनाको हत्या गरिएपछि प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । दक्षिण पूर्वी आसाम राज्यमा बाटो सोध्नका लागि रोकिएका दुई जनालाई ठूलो भिडले अपहरणकारी भन्दै कुटेर हत्या गरेका हुन्।

ह्वाट्स एपमा बालबालिका अपहरणको हल्ला पूरै भारत भरि फैलिएको छ र गत महिना पनि यस्तै घटनामा ७ जनाको हत्या भइसकेको छ । सामाजिक मिडियामा यस्ता गलत सन्देशहरु रोक्न गाह्रो भएको प्रहरीको भनाई छ । पछिल्लो पटक हत्या गरिएका दुई जनाको सनाखत भएको छ । हत्या गरिएका दुई जना आसाम गुवाहाटी निवासी अडियो इन्जिनियर निलोतपाल दाश र डिजिटल आर्टिस्ट अभिजित नाथ रहेका छन् । प्रहरीका अनुसार यी दुई जनाले गाउँमा रोकिएर बाटो सोध्ने क्रममा आक्रमणमा परेका हुन् । गाउँलेहरुले अपहरणकारी भएको हुन सक्ने आशंकामा ह्वाट्स एपमा सचेत गराएपछि उनीहरुको कुटेर हत्या गरिएको हो ।।