Saturday, August 19

२ सय ४० निर्वाचन क्षेत्र कायम गरेर चुनावमा जाने कुनै सम्भावना नरहेको उपप्रधानमन्त्री कृष्णबहादुर महराद्बारा स्पष्ट ।

दाङ/महरा उपक्षेत्रीय अस्पताल

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णवहादुर महराले अहिले चर्चामा आएको जस्तो २ सय ४० निर्वाचन क्षेत्र कायम गरेर चुनावमा जाने सम्भावना नरहेको बताउनु भएको छ । २ सय ४० निर्वाचन क्षेत्र मानेर जानु संविधानको मर्म बिपरित हुने भन्दै उहाँले यस विषयमा कांग्रेस र माओवादी केन्द्रबीच कुनै सहमति नभएको र सहमति हुन पनि नसक्ने स्पष्ट पार्नुभयो ।

दाङ्को घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महराले आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव सम्पन्न गर्नेतर्फ सरकार लागेको बताउनुभयो ।

हिजै उपप्रधानमन्त्री महराले दाङमा राप्ती उपक्षेत्रीय अस्पतालको नयाँ निर्माण हुने भवनको सिलान्यास गर्नु भयो । १६ करोड २२ लाख रुपैयाँमा निर्माण हुने सो अस्पताल-भवन ५० शैयाको हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *