Wednesday, September 20

मतगणना अपडेट/बिभिन्न जिल्ला

बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् ।

पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका र शिद्धलेक गाउँपालिकामा जित हासिल गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालेले जित हासिल गरेको छ ।

यसैगरी स्याङजाको गल्याङ नगरपालिका, आँधीखोला गाउँपालिका, कालिगण्डकी गाउँपालिका, फेदिखोला गाउँपालिका, विरुवा गाउँपालिका, हरीनाश गाउँपालिकामा पनि एमालेले जित हासिल गरेको छ ।

यसैगरी दैलेखका आठबीस नगरपालिका, चामुण्डा बिन्द्राशैनी नगरपालिका, नारायण नगरपालिका, ठाँटिकाँध गाउँपालिका, भगवतिमाइ गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेले जितेको छ ।

सिन्धुपाल्चोकका जुगल गाउँपालिका पाँच पोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका र लिशंखुपाखर गाउँपालिका, मकवानपुरका इन्द्र सरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिका, रसुवाका कालिका गाउँपालिका र गोसाइकुण्ड गाउँपालिका, सल्यानका कपुरकोट गाउँपालिका, कालिमाटी गाउँपालिका र ढोरचौर गाउँपालिका पनि नेकपा एमालेले जितेको छ ।

यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका, त्रिपुरा सुन्दरी नगरपालिका, काइके गाउँपालिका र सेफोक्सुन्डो गाउँपालिका, जुम्लाको तिला गाउँपालिका, म्याग्दीको धवलागिरी गाउँपालिका, पर्वतको फलेवास नगरपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिकामा पनि एमाले विजयी भएको छ ।

एमालेले विजयी हासिल गरेको अन्य स्थानहरुमा जाजरकोटका भेरी नगरपालिका, छेगागाढ नगरपालिका र शिवालय गाउँपालिका, काभ्रेपलाञ्चोकका भुम्लु गाउँपालिका र खानीखोला गाउँपालिका, कास्कीका माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिका, तनहुँका घिरिङ गाउँपालिका र देवघाट गाउँपालिका, दोलखाका जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका र शैलुङ गाउँपालिका, रामेछापका मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, गोकुल गंगा गाउँपालिका र लिखु गाउँपालिका छन ।

यसैगरी नुवाकोटको तारकेश्वर गाउँपालिका, बाग्लुङका ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिका र बडीगाड गाउँपालिका, मुस्ताङको घर्पझोङ गाउँपालिका, कालिकोटका खाँडाचक्र नगरपालिका र राशकोट नगरपालिका, सुर्खेतको लेकवेशी नगरपालिका, सिन्धुलीको फिकल गाउँपालिका, काठमाडौको शंखरापुर नगरपालिका, ललितपुरको महांकाल गाउँपालिका, मनाङको चामे गाउँपालिका, लम्जुङको मर्स्याङदी गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका र मुगुको खत्याड गाउँपालिका पनि एमालेले जितेको छ ।

यसैगरी सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर मगर विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेका पदममाया तामाङ विजयी हुनुभएको छ । नेपाली कांग्रेसले जितेका स्थानीय तहहरुमा दैलेखको दुल्लु नगरपालिका, नौमुले गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका, बाग्लुङमा गलकोट नगरपालिका, तमानखोला गाउँपालिका र निसिखोला गाउँपालिका, तनहुँका आबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका र रिसिङ गाउँपालिका, नुवाकोटका किस्पाङ गाउँपालिका, ताडी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र लिखु गाउँपालिका रहेका छन ।

यसैगरी गोरखाको अजिरकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका, मुस्ताङका थसाङ गाउँपालिका, बारगाउँ मुक्तिक्षेत्र गाउँपालिका र लोमानथाङ गाउँपालिका, जुम्लाका चन्दननाथ नगरपालिका, कनका सुन्दरी गाउँपालिका, सिन्जा गाउँपालिका र पातारासी गाउँपालिकामा पनि नेपाली कांग्रेसले विजयी हासिल गरेका छन । यसैगरी जाजरकोटको सुशे गाउँपालिका र बारेकोट गाउँपालिका, रसुवाका उत्तरगया गाउँपालिका र नौकुण्ड गाउँपालिका, धादिङका खनियाबास गाउँपालिका र ज्वालामुखी गाउँपालिका, स्याङजाका चापाकोट नगरपालिका, भिरकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिका, नवलपरासिका बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिका, पर्वतका जल्जला गाउँपालिका र पैयु गाउँपालिका, मकवानपुरको बकैया गाउँपालिका, मनाङका नेस्याङ गाउँपालिका र नारफु गाउँपालिका, लम्जुङका मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसले जितेका अन्य स्थानहरुमा काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मालिका गाउँपालिका, दोलखाका बैतेश्वर गाउँपालिका र विगु गाउँपालिका, काठमाडौको दक्षिणकाली नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, कास्कीको अन्नपूर्ण गाउँपालिका, चितवनको इच्छा कामना गाउँपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका, मुगुको छायानाथ रारा नगरपालिका, सिन्धुलीको गोलन्जोर गाउँपालिका र सुर्खेतको चिङगाड गाउँपालिका छन ।  

यसैगरी नेकपा माओवादी केन्द्रले जितेका स्थानहरुमा रुकुमको चौरजाहारी नगरपालिका, मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, बाफीकोट गाउँपालिका र सानीभेरी गाउँपालिका, जुम्लाका तातोपानी गाउँपालिका, हिमा गाउँपालिका र गुठिचौर गाउँपालिका, सल्यानका बागचौर नगरपालिका, दार्मा गाउँपालिका र त्रिवेणी गाउँपालिका छन । त्यसैगरी कालिकोटका पचाल झरना गाउँपालिका, पलाता गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिका, गोरखाको सहिदलखन गाउँपालिका, हुम्लाका चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिका, जाजरकोटका त्रिवेणी नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, डोल्पाका जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिका, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका पनि नेकपा माओवादी केन्द्रले जितेको छ ।

यसैगरी बाग्लुङको ताराखोला गाउँपालिका, मकवानपुरको बागमती गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाउँपालिका, रामेछापको दोरम्बा गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका र तनहुँको बन्दिपुर गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

यसैगरी धादिङको रुवीभ्याली गाउँपालिकाको अध्यक्षमा राप्रपाले विजय प्राप्त गरेको छ भने रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँशक्ति नेपालले जितेको छ । यसैगरी राष्ट्रिय जनमोर्चा बागलुङको वरेङ गाउँपालिको अध्यक्षमा विजयी भएको छ ।।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *