Wednesday, September 20

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उत्तर कोरिया विरुद्ध आक्रमणको पूर्ण तयारी गरिएको चेतावनी ।।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध सैनिक कारवाही गर्न आफ्नो देश पूर्ण तयार रहेको बताउनु भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले विवेकहीन निर्णय नगर्ने कुरामा आफू विश्वस्त रहेको पनि अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई छ । उत्तर कोरियाली सरकारले अमेरिकी हवाई सेनाको अखडा रहेको ग्वाम टापुमा आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपतिले सो प्रतिक्रिया दिनुभएको हो । अमेरिकी राष्ट्रपतिले आफू अमेरिका र सम्बद्ध राष्ट्रहरुको सुरक्षाप्रति गम्भीर रहेको पनि बताउनुभएको छ ।

यसैबीच रसियाका विदेशमन्त्री सेर्गेइ लाभरोभले अमेरिकी र उत्तर कोरियाबीचको वाकयुद्धले रसियालाई चिन्तित पारेको बताउनुभएको छ । जर्मनीका चान्सलर एन्जेला मर्केलले पनि युद्ध कुनैपनि समस्याको समाधान नहुने विचार व्यक्त गर्नुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *