Wednesday, September 20

ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब दमक सेमिफाइनलमा पुगेको छ ।

ताप्लेजुङ/पाथिभरा फुटबल

ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब दमक सेमिफाइनलमा पुगेको छ । एपिएफ क्लब दमकले गोर्खा स्पोटीङ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराएर फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र इञ्जुरी १० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय ट्राइबेकर लिइएको हो । यो जीत संगै एपिएफ क्लव दमक पाथीभरा गोल्डकपको दोस्रो संस्करणमा सेमी फाइनल पुग्ने दोस्रो टोली भएको छ ।

यसअघि घरेलु टोली नव प्रयास युवा क्लव सेमी फाइनल पुगि सकेको छ । आज चर्च व्याइज काठमाण्डौले राष्ट्रिय जागृति क्लव इटहरीबीच खेल हुने छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *