Wednesday, September 20

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुमा इन्टरनेट सेवा दिन र विदेशमा बस्ने संचारकर्मीहरुका लागि संचार केन्द्र खोल्न आफूले प्रयास गर्ने बताउनुभएको छ ।

संचारमन्त्री/सिन्धुपाल्चोक

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुमा इन्टरनेट सेवा दिन र विदेशमा बस्ने संचारकर्मीहरुका लागि संचार केन्द्र खोल्न आफूले प्रयास गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले संविधान कार्यान्वयन र बाँकी चुनाव गराइ देशलाइ आर्थिक सम्वृद्धितर्फ लैजाने वर्तमान सरकारको मुख्य उद्देश्य रहेको पनि बताउनुभयो ।

सो कार्यक्रममा सामुदायिक वनका अभियन्ता नीलप्रसाद भण्डारी र वन संरक्षणमा क्रियाशील वन मन्त्रालयका विभिन्न उच्च अधिकृतहरुलाइ सम्मान गर्नुभयो ।

त्यसैगरी स्थानीय समुदायका तर्फबाट मन्त्री बस्नेतलाइ पनि सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा स्थानीय लोक संस्कृति झल्किने कार्यक्रम पनि प्रस्तुत गरियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *