सदस्य राष्ट्रको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापनाको तयारी

378
बिमस्टेक सचिव बैठक

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना हुने भएको छ । त्यसैगरी संगठनको चौथो शिखर सम्मेलनको नारा ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’ निर्धारण भएको छ ।

राजधानीमा शनिबार सम्पन्न बिम्स्टेक मुलुकका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको विशेष बैठकले आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने चौथो शिखर सम्मेलनका निम्ति सो नारा निर्धारण गरेको हो । यद्यपि नारा र कोष स्थापनासम्बन्धी प्रस्ताव अनुमोदनका लागि बिम्स्टेक मन्त्रिस्तरीय बैठकमा प्रस्तुत हुनेछ ।

स्थापनाको २२औँ वर्षमा प्रवेश गरेको यो उपक्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणामुखी तुल्याउन संगठनलाई केन्द्रित गर्नेबारेमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताउनुभयो । बिम्स्टेकको दृश्यता, समान उद्देश्य र लक्ष्य भएका अन्य क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संघ संगठनसँगको सहकार्यका साथै पूर्वाधार बैंक स्थापनाका निम्ति बिम्स्टेक विकास कोष खडा गर्ने विषय पनि बैठकमा उच्च महत्वका साथ प्रस्तुत भएको सचिव वैरागीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here