आइसीसी प्रतिनिधी सम्मिलित मनिटरिङ कमिटीको बैठक आज बस्दै

600
नेपाल क्रिकेट संघ

नेपाल क्रिकेट संघ क्यानको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गठन गरेको मनिटरिङ कमिटीको बैठक आज बस्दैछ । आईसीसीका प्रतिनिधी समेत सम्मिलित पाँच सदस्यीय कमिटीको बैठकले क्यानको विवाद समाधान गर्ने विषयमा छलफल गर्ने छ । यसअघि आईसीसीले गठन गरेको सल्लाहकार समितिले नेपाल क्रिकेट संघ क्यानको नयाँ विधान तयार गरेको थियो ।

सोही विधान अनुसार संक्रमणकालीन क्रिकेटको समस्या समाधान गर्न गठन भएको मनिटरिङ कमिटिको बैठक बस्न नसक्दा क्रिकेट विवाद समाधानमा ढिलाई हुने संकेत देखिएको थियो । कमिटीमा आईसीसीका तीन, राष्ट्रिय खेलकुद परिषद राखेपबाट एक र निलम्बित क्यानका एक जना प्रतिनिधि छन् ।

मनिटरिङ कमिटिले सल्लाहकार कमिटि र आईसीसीबीच भएको सहमती र परिमार्जित विधानमा आधारित रहेर क्रिकेटको विवाद समाधानको काम अघि बढाउने बताइएको छ ।आईसीसीले क्यानको परिमार्जित विधान अनुसार नयाँ नेतृत्व आएपछि नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्ने बताउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here