सिरियाको इदलिवमा भएको विष्फोटमा परी ३९ जनाको मृत्यु

256
सिरिया बिस्फोट

सिरियाको विद्रोही नियन्त्रित दक्षिण पश्चिम इद्लिब प्रान्तमा भएको विष्फोटको घटनामा ३९ जनाको मृत्यु भएको छ । विष्फोटले भत्काएको भवनमा पुरिएर मृत्यु हुनेमा १२ जना बालबालिका पनि छन् । घटनामा अन्य कयौं मानिस हराइरहेको उद्दारकर्मीहरुले बताएका छन् । विद्रोहीहरुको नियन्त्रणमा रहेको इदलिब प्रान्तलाइ आफ्नो पक्षमा ल्याउन सिरियाली सेनाले लगातार आक्रमण गरिरहेको छ । सो प्रान्तमा विगत केही महिना यता रुसको सहयोगमा सिरियाली सेनाले विद्रोही जिहादिस्ट समूह विरुद्ध प्रतिकारात्मक कारवाही संचालन गरिहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here