भूकम्पले भत्किएको धरहरा पुनः निर्माण प्रस्ताव

351
धरहरा पुननिर्माण प्रस्ताव

भूकम्पले भत्किएको धरहरा पुनः निर्माणको काममा पटक पटक अलमल भइरहेको छ । पुननिर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने कामलाई तीन पटकसम्म स्थगित भएको छ । धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीमात्र पास भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । पास भएका पाँच कम्पनीमध्ये एकको कागजात शंकास्पद रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति तीन पटकसम्म रोकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here