प्रेमिका भेट्न गएको कारण नर्वेका एक मन्त्रीले आफ्नो पदबाट राजीनामा

335
नर्वे मन्त्री राजिनामा

प्रेमिकालाइ भेट्न गएको कारण नर्वेका एक जना मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । विदाको समय थियो, त्यही समयलाइ उपयोग गर्न नर्वेका मन्त्री पर स्याण्डवर्ग आफ्नी इरानीयन मुलकी प्रमीका लेट्नेसलाइ गत महिना भेट्न इरान पुगे । सो भेट सुरक्षाका हिसावले प्रश्न उठ्यो । मन्त्री स्याण्डवर्गले राजीनामा दिनु पर्यो । प्रेमी प्रमिका बीचको उमेर दोब्बर भन्दा बढी छ । मन्त्रीको उमेर ५८ बर्ष छ भने उहाँकी प्रेमिकाको उमेर २८ बर्ष मात्र छ । लेट्नेस सुन्दरी प्रतियोगिताकी पूर्व विजेता हुन जो अहिले माछा व्यवसाय सञ्चालन गरिरहेकी छिन् । प्रेमिका भेट्न कसैलाइ खबरै नगरी गएको र इरानमा रहँदा त्यहाका मन्त्रीहरुसंग संवाद गरेको विषय मन्त्रीपदको मर्यादा विपरित भएको प्रश्न उठेपछी मन्त्रीले राजिनामा दिनुपरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here