उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुधारमा थप प्रयास

417
उत्तर-दक्षिण कोरिया वार्ता

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ-इन र उत्तर कोरियाली नेता किम जोङ-उन बीच आगामी महिना उत्तर कोरियाको राजधानी प्योङयाङमा वार्ता हुने भएको छ । झण्डै एक दशक भन्दा बढी समय एक अर्काको भूमीमा नटेकेका दुइ कोरियाली नेताहरुको भेटले सम्वन्ध सुधारको नयाँ प्रयासको थालनी गर्ने अपेक्षा गरिएको छ । ठ्याक्कै मिति भने नतोकिएको तर एक महिनामा हुने भनिएको भेटमा दक्षिण कोरियाले उत्तरलाइ आणविक निशस्त्रीकरणका लागि थप आग्रह गर्ने बताइएको छ ।

लामो समय तनाव र गतिरोधमा रहेको दुइ देश बीचको सम्वन्धलाइ पुन सक्रिय बनाउन राष्ट्रपति मुन र नेता किम बीच यस बर्ष दुइ पटक भेट भइसकेको छ । उत्तरले आणविक हतियार परिक्षणलाइ निरन्तरता नदिने बताएपछी यसै बर्षको सुरुवातबाट दुइ कोरियाबीच सम्वन्ध सुधार हुदै आएको छ । गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको शिखर वार्ताका क्रममा उत्तर कोरियाले कोरियाली प्रायदीपमा आणविक निशस्त्रीकरण गर्ने सहमति गरेको थियो । यसले उत्तर कोरिया प्रति विश्व समुदायकै विश्वास बढेको छ । यद्यपी त्यसको कार्यान्वयनका लागि भने अझै ठोस कदम अघी बढाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here