१८ औं एसियाली खेलकुद पुरुष फुटबलमा नेपालको उत्साहजनक प्रदर्शन

740
एशियन खेल नेपाल-जापान

१८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल जापानसँग १-० ले पराजित भएको छ । इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाली टोली दबाबमा रहे पनि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । जापानका लागि खेलको सातौँ मिनेटमा मितोमा काओरुले गरेको गोल नै निर्णायक बन्यो ।

नेपालको २३ वर्षमुनिको टोलीले पहिलो खेलमा नै जापानको २१ वर्षमुनिको टोलीको सामना गरेको हो । एसियाली खेलकुदमा यसअघि जापानसँगका तीन खेलमा १४ गोल खाएको नेपालले यसपटक सुधारिएको खेल देखाएको हो । समूह ‘डी’ मा नेपालसहित जापान, पाकिस्तान र भियतनाम छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल यु-२३ ले भियतनाम यु-२३ सँग अगष्ट १६ मा र पाकिस्तान यु-२३ सँग अगष्ट १९ मा प्रतिस्पर्धा गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here