१० बर्ष भन्दा बढी अघी देखिका चिठ्ठीपत्रहरु सम्वन्धित सम्म नपुर्याइ फालेको आरोपमा एक कर्मचारी कारवाहीमा

379
भारत हुलाक

भारतमा हुलाक सेवाका एक कर्मचारी १० बर्ष भन्दा बढी समय अघी देखिका चिठ्ठीपत्रहरु सम्वन्धित सम्म नपुर्याइ फालेको आरोपमा कारवाहीमा परेका छन् । ती कर्मचारी उडिसा राज्यको ओडङ्गा गाउं स्थित हुलाक कार्यालयमा कार्यरत थिए । कार्यालयमा एक दशक भन्दा बढीको अवधीमा हजारौं चिठ्ठीपत्र र कागजातहरु आए । तर ती कर्मचारी सन् २००४ देखिका सबै चिठ्ठी पत्र एउटा झोलामा हालेर कार्यालयकै एक कुनामा चाङ बनाउन तत्लिन भए ।

अल्छी तर आफूलाइ चलाख ठान्ने ती कर्मचारीलेले प्रापकले खोजीनिती गर्न सक्ने रजिस्ट्रर र द्रुत सेवा मा पठाएका चिठ्ठिपत्रहरु भने समयमै सम्वन्धित समक्ष पुर्याएको देखिएको छ । पछिल्लो समय इमेलको प्रयोग बढेपछी हुलाक मार्फत चिठ्ठीपत्र पठाउने तरिकामा आएको परिवर्तनको ती कर्मचारीले फाइदा उठाएको स्थानीय अधिकारीहरुले विश्लेषण गरेका छन् ।

चिठ्ठीपत्र नपुर्याउदा धेरैको रोजगारी, बैकको एटिएम लगायत महत्वपूर्ण कागजपत्र र अवसर गुमेको भन्दै प्रशासनले उनलाइ कार्वाही स्वरुप निलम्वन गरेको छ । हालै अर्को स्थानमा सरेको कार्यालय भवनको खाली ठाउँमा खेल्न गएका केटाकेटीहरुले चिठ्ठी र एटिएमले भरिएको झोला फेलापारेपछी आफ्ना अभिभावकहरुको सहयोगमा प्रहरीलाइ खबर गरे संगै ती कर्मचारीको बद्नियत सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here